समाज

सालकको खबटासहित ५ पक्राउ

  इलाम– प्रहरीले लोपोन्मुख वन्यजन्तु सालकको खबटासहित ५ जनालाई पक्राउ गरेको छ। मेची राजमार्गअन्तर्गत बरबोटे गाविस–२ बाट आइतबार राति उनीहरू सालकको ३ किलो खबटासहित पक्राउ परेका हुन्।

                पक्राउ पर्नेमा झापाको खुदुनाबारी घर भइ पाँचथर फिदिम–१ बस्ने विनोद शिवा, पाँचथर रानीटार–४ का डेनी सुब्बा, झापा दमक घर भइ फिदिममै बस्ने योगेश नेपाली, फिदिम–१ का जीवन सुजी र पाँचथर लुम्फाबुङ–१ का सागर लावती रहेको प्रहरीले जनाएको छ।

                पाँचथरबाट आउँदै गरेको मे.१ज ९८३ नम्बरको यात्रुबाहक सवारीमा रहेका बेला उनीहरू पक्राउ परेको र अनुसन्धान भइरहेको प्रहरी इन्स्पेक्टर रुद्र चुडालले बताए।

 

 

प्रकाशित: ६ मंसिर २०७३ १२:३३ सोमबार

सालकको खबटासहित पक्राउ