समाज

ग्यास पड्किँदा भोजपुर बजारमा आगलागी

सरिता राई
भोजपुर- ग्यास पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुरबजारमा आगलागी भएको छ। आइतबार साँझ पाँच बजे बजारको भोटेपसलस्थित नीलम ज्वेलर्समा ग्यास पड्केपछि बजारमा आगो लागेको हो। अहिलेसम्म आगलागीबाट १५ भन्दा बढी पसल तथा स्थानीय बासिन्दाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राधा पराजुलीले जानकारी दिइन्।

भोजपुर नगरपालिकाको एकमात्र वारुण यन्त्रको मद्दतमा आगो निभाउने प्रयास जारी छ । यस्तै, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीयवासी आफैले आगो निभाइरहेका छन् । तर आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट पसल तथा घरमा राखिएका ग्याँस सिलिन्डर पड्किन थालेपछि आगलागी फैलिँदै गएको छ ।

घना बजार भएका कारण आगो निभाउन कठिन भइरहेको छ । आगो निभाउन नसकेपछि डोजरले घर तथा पसल भत्काउने काम भइरहेको छ । बजारको विद्युतीय सेवा अहिले बन्द गरिएको छ । खानेपानीको पाइपलाइन काटेर आगो निभाउने काम भइरहेको बताइएको छ। रासस

 

प्रकाशित: ५ मंसिर २०७३ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App