समाज

कोशी प्रदेश नामाकरणको विरोधमा मिक्लाजुङको वडा कार्यालयमा तालाबन्दी

कोशी प्रदेश नाम खारेजीको माग गर्दै आन्दोलनरत आन्दोलनकारीहरूले मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

कोशी प्रदेश नामको विरोधमा आन्दोलनरत आन्दोलनकारीहरूले आइतबार विहान ८ बजे वडा कार्यालयको मुल गेटमा तला बन्दी गरेको वडा सचिव महेन्द्र भण्डारीले  जानकारी दिए।

आन्दोलनकारीले कार्यालयको मुल गेटमै ताला लगाइदिएपछि आइतबार दिनभर कार्यालय बन्द हुँदा सेवाप्रबाह ठप्प भएको वडा सचिव भण्डारीले बताए। उनका अनुसार आइतबार बिहान ८ बजे नै आन्दोलनकारीहरूले वडा कार्यालयमा तालाबन्दी गरेर विभिन्न नारा लेखिएको प्रचार सामाग्री मुल गेटमा टाँसेर गएका थिए।

भण्डारीले भने, ‘मुल गेटमा तालाबन्दी गरिएको र विभिन्न नारा लेखिएको प्रचार सामाग्री पनि राखिएकाले आइतबार दिनभर कार्यालय बन्द भयो।’ कोशी प्रदेश नामाकरण गरेको विरोधमा पहिचानवादीहरूले आइतबार कोशी प्रदेश बन्दको आह्वान गरेका थिए। प्रदेश १ को राजधानी विराटनगरलगायत मोरङमा बन्दको सामान्य  प्रभाव परेको थियो।  

प्रकाशित: २८ फाल्गुन २०७९ १३:०६ आइतबार