मुगु-कर्णाली अञ्चलको मुगु जिल्लामा रहेको ताल्चा विमानस्थलमा ल्याण्डिङ फिल्डको अप्रयाप्तताका कारण उडान र अवतरण निकै जाेखिमपूर्ण मानिन्छ।
विमानस्थलको स्तरोन्नत गरिएपनि निकै साँघुराे धवनमार्ग र पहाडकाे खाेँचमा रहेका कारण ताल्चा विमानस्थलकाे हवाइ उडान सहासिक एवं जाेखिमपूर्ण रहेकाे बताउँछन् यहाँ विमान उडाउने चालकहरू। ताल्चा विमानस्थल नेपालका दुर्गम भुगोलमा रहेका र जोखिमयुक्त विमानस्थल मध्येको एक हो।
२०३२ सालमा सिलान्यास गरिएको यो विमानस्थल निकै ढिलो गरेर गतबर्ष मात्रै कालोपत्रे भएको छ।
ताल्चा विमानस्थल पुगेर त्यहाँको अवस्था, विमानका चालक र यात्रुको अनुभव एवं नेपालगञ्ज-ताल्चा उडानका क्रममा देखिने रोमाञ्चक प्राकृतिक साैन्दर्य र सहासिक उडानको झलक उतारिएको विशेष नागरिक शाे हेर्नुहाेस्ः