समाज

भारतीय नम्बरको गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु

रौतहट–रौतहटमा भारतीय नम्बर प्लेटको बोलेरो गाडीको ठक्करवाट एक जना प्रहरी जवानको मृत्यु भएको छ। पुर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको धन्सार जंगलमा भारतीय नम्बरको बोलेरो जिपको ठक्करबाट रौतहटको विजयपुर लक्ष्मीनिया घर भई बारामा कार्यरत ३२ वर्षीय प्रहरी जवान श्रवण यादवको ज्यान गएको हो।

बीरगंजबाट लहसुन बोकेर सर्लाहीतर्फ आउँदै गरेका बिआर ०१ जिटी ७६८३ नम्बरको भारतीय जिपले चन्द्रनिगाहपुरबाट बा ७१ प ८७८५ नम्बरको मोटरसाइकल चढेर बारातर्फ जाँदै गर्दा बुधवार राति ८ बजे पूर्व पश्चिम राजमार्ग सडक खण्डको धन्सार जंगलमा दुर्घटना हुँदा प्रहरी जवान यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

जवान यादवलाई भारतीय नम्बरको गाडीले ठक्कर दिएर भाग्ने क्रममा इप्रका चन्द्रनिगाहपुरको प्रहरी गस्तिटोलीले गाडीसहित चालक भारत छपरा जिल्लाको बसन्तपुर ग्राम पञ्चायत निवासी रामाकान्त प्रसाद यादवलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिएसपी नविणकृष्ण भण्डारीले बताए ।

 

प्रकाशित: २ मंसिर २०७३ ०५:०० बिहीबार

भारतीय नम्बरको गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु