समाज

सिंहदरबार अगाडि टेम्पो पल्टँदा यात्रु घाइते

काठमाडौँ-सिंहदरबार अगाडि ‘सफा टेम्पो’पल्टँदा १२ यात्रु घाइते भएका छन्।  सुन्धाराबाट बालकुमारीतर्फ गइरहेको बा १ ह ३७९८ नं को सफा टेम्पो अपराह्न ३ बजे पल्टेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर देखिएको घटनाका प्रत्यक्षदर्शी दिव्य सुवेदीले बताए। घाइतेको वीर अस्पताल र काठमाडौँ मोडेल अस्पतालमा उपचार भइरहेको वृत्तका प्रहरी हवल्दार तेजबहादुर गुरुङले बताए।

सामान्य घाइते भएका टेम्पोका चालक तुलबहादुर श्रेठलाई वृत्त सिंहदरबारमा राखी घटनाको अनुसन्धान भइरहेको छ। रासस

 

प्रकाशित: २९ कार्तिक २०७३ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App