समाज

माग पुरा नभए डा. केसीले आइतबारदेखि दशौं अनशन थाल्ने

काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक आमरण अनशन बसेका डा. गोविन्द केसीले आइतबार देखि दशौं अनसन थाल्ने चेतावनी दिएका छन्।

२४ घण्टा भित्र चिकित्सा शास्त्र अध्यान संस्थानको रिक्त डीन बरिष्ठताका आधारमा नियक्त नभए आइतबार अपराहन्ह देखि अनशन थाल्ने घोषणा गरेका हुन्।

आइएओममा ९ महिना देखि डीन रिक्त छ। सरकारले तीन पटक सम्म बरिष्ठताका आधारमा डीन नियक्ति गर्ने सम्झौता गरे पनि उपकुलपति तिर्थ खनियाले कांग्रेस निकट चिकित्सकलाई डीन बनाउनको लागि बरिष्ठतालाई पन्छाउँदै आएका छन्। नियुक्ति मा चलखेल गर्ने त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्न समेत उनले माग गरेका छन्।  एमबीबीएस र बीडीएस कार्यक्रमको शुल्क अघिल्लो साल कार्यान्वयनमाआए झैं (एमबीबीएसःउपत्यकाभित्र३५लाख, उपत्यकाबाहिर३८.५लाख, बीडीएसः२०लाख) यो वर्ष पनि कायमगर्न तत्काल विश्वविद्यालयहरुलाई निर्देशन दिन उनले माग गरेका छन्।

चिकित्सा शिक्षा ऐन नआउँदै बिस्तारित कार्यक्रम वा अन्य कुनै वहानामा नयाँ मेडिकल कलेज लाई सम्बन्धन नदिन पनि उनले आग्रह गरेका छन्।  'अदुअआ प्रमुख लोकमान सिंह कार्की माथि महाभियोग प्रक्रिया निस्कर्षमा पुर्याएर उनलाई जवाफदेही बनाइयोस्  तथा  मेडिकल शिक्षामा अझै बढ़ी अनियमिततामा संलग्न आयुक्त राज नारायण पाठक माथि समेत तत्काल छानविन अघि बढाइयोस्', डा. केसीले भनेका छन्।

प्रकाशित: २७ कार्तिक २०७३ ११:३८ शनिबार

माग पुरा नभए डा. केसीले आइतबारदेखि दशौं अनशन थाल्ने