समाज

प्रहरीको सार्वजनिक सुनुवाई

ललितपुर- महानगरीय प्रहरी परिसर जावलाखेलले ११ औं महानगरिय प्रहरी दिवसको अवसर पारेर शनिबार जावलाखेलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ। प्रहरीको शान्ति सुरक्षाको विषयमा स्थानीय जनतासँग राय सुझाव लिन र प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सुनुवाईमा सहभागिबाट उठेको प्रश्नको जवाफ दिँदै ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले प्रहरीले स्थानीयलाई सुरक्षाको प्रत्याभूत गराउन ललितपुर प्रहरीले स्थानीयसँग हातेमालो गर्दै आएको बताए । कार्यक्रमममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, पूर्व प्रहरी एआइजी डा. गोविन्द थापा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन लगायतले  ललितपुर प्रहरी अन्य जिल्लाको प्रहरी भन्दा सक्रिय भएर काम गरेको औंल्याए।

यसैबीच ललितपुर प्रहरीले कात्तिक २६ गते गरेको विद्यालय स्तरीय प्रतियोगिताको पुरस्कार वितरण गरेको थियो। प्रतियोगिता २४ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको र ती विद्यालयहरुका २४ जना विद्यार्थीलाई प्रमाणपत्र र पुरस्कार समेत वितरण गरेको महनगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ।

 

 

 

प्रकाशित: २७ कार्तिक २०७३ १०:३९ शनिबार

प्रहरीको सार्वजनिक सुनुवाई