समाज

सामान बोकेको मकालु एयरको जहाज रन वेमा पन्चर

काठमाडौं-मकालु एयरको जहाजको पाङ्ग्रा हुम्लाको सिमिकोट विमानस्थलमा पन्चर भएको छ। जहाजमा पाइलट र कोपाइलट मात्रै थिए। अवतरणको क्रममा एउटा पाङ्ग्रा पन्चर भएको पाइलट साङ्गे लामाले जानकारी दिए।

‘पाङ्ग्रा मर्मत भैसक्यो, अन्य कुनै क्षति छैन, हामी अर्को फ्लाइट लिन तयार भैसकेका छाैं।’ लामाले नागरिकन्युजसँग भने।

सुर्खेतबाट समान लिएर हुम्ला गएको जहाजको पाङ्ग्रा शुक्रबार बिहान रनवेमा पन्चर भएको हो। जहाजमा यात्रु थिएनन, कार्गोको सामान थियो।

प्रकाशित: २६ कार्तिक २०७३ ०४:०९ शुक्रबार

सामान बोकेको मकालु एयरको जहाज रन वेमा पन्चर