समाज

भारतीय सेनापति आउँदै

काठमाडौं- भारतीय स्थल सेनाप्रमुख दलवीर सिंह तीनदिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आइपुग्दै छन्। प्रधान सेनापति राजेन्द्र क्षत्रीको निम्तोमा सिंह नेपाल आउन लागेका हुन्। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार रुपन्देहीको सालझन्डीमा सञ्चालन भइरहेको संयुक्त सैन्यअभ्यास 'सूर्य किरण' को निरीक्षणका लागि सिंह नेपाल आउन लागेका हुन्। यसबाहेक सिंहले नेपाल भ्रमणमा प्रधानमन्त्री र रक्षामन्त्रीसँग पनि भेटघाट गर्नेछन्।

निर्देशनालयका अनुसार सिंह २८ गते फर्कने कार्यक्रम छ।

प्रकाशित: २५ कार्तिक २०७३ ०२:२१ बिहीबार

भारतीय सेनापति आउँदै