समाज

कार्कीको म्याद तामेली सम्बन्धी मुद्दाको सुनवाई हुँदै

काठमाडौं– लोकमानसिंह कार्कीको म्याद तामेलीमा प्रतिकार गर्ने समूह विरुद्ध दर्ता भएको रिट निवेदनमा सुनुवाइ जारी छ। न्यायधीश आनन्दमोहेन भट्टराइको एकल इजलासमा सो मुद्दाको सुनुवाई भइरहेको हो।

लोकमानसिंह कार्कीको योग्यता सम्बन्धी मुद्दाको मुल निवेदनकर्ता ओमप्रकाश अर्याले सो निवेदन दर्ता गराएका थिए।
अर्यालको निवेदनमा कार्कीका ज्वाँइ प्रवल थापा, असइ नकुल गौतम, कानुन मन्त्रालयका पूर्वसचिव प्रमोद कार्की विरुद्ध मुद्दा दर्ता भएको थियो।

 

प्रकाशित: २३ कार्तिक २०७३ ०७:३१ मंगलबार

कार्कीको म्याद तामेली सम्बन्धी मुद्दाको सुनवाई हुँदै