समाज

अवैध रुपमा ल्याँउदै गरेको औषधि बरामद

अवैध रुपमा ल्याइएको औषधि मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले बरामद गरेको छ। प्रहरीले औषधि र लत्ताकपडाका साथै खाद्यान बरामद गरेको हो।

भारतको जोगबनीबाट शनिबार राति साढे ११ बजेतिर अवैध रुपमा ल्याउँदै गरेको औषधि सीमा क्षेत्रअन्तर्गत विराटनगर–१६ बाट प्रहरीले बरामद गरेको हो। इलाका प्रहरी कार्यालय रानीको गस्ती टोलीले अवैध रुपमा ल्याउँदै गरेको ग्लोनेश जेल ५५ प्याकेट, लिफिटिन ट्याब्लेट १ सय ४४ प्याकेट बरामद गरै मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार गरी कबिर ८ लाख ५२ हजारभन्दा बढी मूल्यको औषधि बरामद भएको हो। साइकलमा औषधि लिएर आउँदै गर्दा प्रहरीको गस्ती टोलीलाई देख्न साथ उनीहरु साइकल र औषधि छाडेर भागेको प्रहरीले जनाएको छ। बरामद भएको औषधिका बारे थप अनुसन्धान भइरहेको छ।

त्यस्तै, पथरीशनिश्चरे नगरपालिका–४ बाट प्रतिबन्धित औषधि इस्पाइसपेन ५ हजार ४ सय ट्याब्लेट र ट्रामाडोल ५ हजार २ सय चक्की बरामद गरेको छ। एक जना व्यक्तिको सुँगुर फर्म नजिक खाल्डोमा परालले छोपेर औषधि लुकाएको अवस्था बरामद गरिएको डिएसपी कार्कीले बताए। कसले कहाँबाट ल्याएर त्यहाँ लुकाएर राखेको भन्ने विषयमा इलाका प्रहरी कार्यालय पथरीले अनुसन्धान थालेको छ।

त्यसैगरी, भारतबाट भन्सार छलेर ल्याउँदै गरको लत्ताकपडा र खाद्यान्न प्रहरीले विराटनगर–१६ स्थित हुलास चोकबाट बरामद गरेको छ। विभिन्न प्रकारका लत्ताकपडा र खाद्यान गरी करिब ८ लाख ५२ हजार ७ सय २० रुपैयाँ बराबरको सामान बरामद गरी आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।  

प्रकाशित: २१ फाल्गुन २०७९ १३:१३ आइतबार

अवैध औषधि