समाज

न्यौपानेको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति: महासंघ

काठमाडौं- नेपाल पत्रकार महासंघले पत्रकार सञ्जय न्यौपानेको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति भएको जनाएको छ।  

 ‘ पत्रकार न्यौपानेको निधनले नेपाली पत्रकारिताले अपुरणीय क्षति ब्यहोरेको छ, नेपाल पत्रकार महासंघ स्वर्गीय न्यौपानेप्रति भावपुर्ण श्रदाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन , इस्टमित्र र सहकर्मीप्रति धैर्यधारणको कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछ', महासंघले आइतबार एक शोक विज्ञप्त्ती जारी गर्दै भनेको छ।

विगत एक वर्ष देखि एनप्लास्टिक एन्ट्रोसिटोमा नामक स्नायु प्रणाली सम्बन्धी समस्याबाट पीडित न्यौपानेको शनिबार राती उपचारका क्रममा नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो। उनको हिजो  राती पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

कारोबार दैनिकका पूर्व सम्पादकसमेत रहेका न्यौपानेको श्रीमती , एक छोरा र एक नाबालिक छोरी छन्।

 

प्रकाशित: २१ कार्तिक २०७३ ११:३९ आइतबार

न्यौपानेको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति महासंघ