समाज

करेन्ट लागेर सद्‍भावना नेता चौधरीको मृत्यु

जनकपुर- सद्भावना पार्टी धनुषाका बरिष्ठ उपाध्यक्ष रामचन्द्र चौधरीको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको छ।

आइतबार बिहान नुहाएर बार्दलीमा कपडा सुकाउन गएका उनलाई दीपावलीको बेला जडान गरिएको चेन्जरबलको नाङ्गो तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ । घरसँग टाँसिएरै रहेको बिजुलीको मेनलाइनबाट सिधै हुकिङगरी घरमा लगिएको तारमा छोइए पछि घटनास्थलमै उनको मृत्यु भएको थियो।

२०४७ सालदेखि सक्रिय राजनीतिमा लागेका चौधरी गजेन्द्रनारायण सिंहको नजिक थिए। पछिल्लो समय मधेस आन्दोलनमा अत्यन्तै सक्रिय देखिएका ५५ वर्षीय चौधरीको परिवारमा श्रीमति, दुई छोरी र एक छोरा छन्।

 

प्रकाशित: २१ कार्तिक २०७३ ११:०७ आइतबार

करेन्ट लागेर सद्‍भावना नेता चौधरीको मृत्यु