समाज

जेठाजुले बन्चरो हानेर बुहारीको ज्यान लिए

भीमदत्तनगर-कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३५ वर्षीया तुलसी भट्टलाई उहाँकी जेठाजु ईश्वरी भट्टले बन्चरो प्रहार गरी हत्या गरेका छन् ।

आइतबार बिहान करिब ४ बजे ईश्वरीले भाइबुहारी तुलसीलाई गाईगोठमा बन्चरो प्रहार गरी हत्यापश्चात् फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

जेठाजुको बन्चरो प्रहारबाट महिलाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका श्रीमान् धनी भट्ट रोजगारीको सिलसिलामा भारतमा रहेका बेला जेठाजुले बुहारीको हत्या गर्नुको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । प्रहरीले फरार रहेका भट्टको व्यापक खोजी गरिरहेको जनाएको छ । रासस

प्रकाशित: २१ कार्तिक २०७३ ०६:०६ आइतबार

जेठाजुले बन्चरो हानेर बुहारीको ज्यान लिए