समाज

जनकपुरमा छठको राैनक (फाेटाेफिचर)

जनकपुर–मिथिलाबाट मधेस–पहाड हुँदै समग्र मुलुकको साझा पर्वको रुपमा फैलिइरहेको छठ पर्व आइतबार बिहानैदेखि धुमधामसँग मनाइँदैछ। जनकपुरका पवित्र ताल, सरोवर र नदीको किनारमा शनिबारै साँझदेखि पूजा सामाग्रीले सजाइएको छ।आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने भएपनि जनकपुरका छठघाटमा २४ घण्टा अगावै व्रतालु तथा श्रद्धालुको घुइँचो लागेको छ।

आइतबार बिहान पाँचबजेदेखि सात बजेसम्म जनकपुरको गंगासागर र धनुषसागर क्षेत्रका यी दृश्यले यहाँस्थित छठप्रतिको उल्लास अवलोकन गर्न सकिन्छ । नेपाल र भारतको बिहारमा पर्ने मिथिलाञ्चल क्षेत्रबाट सुरु भएको छठ पर्व अहिले नेपालको राजधानी काठमाडौंसमेत देशैभर तथा भारतको राजधानी दिल्लीसम्म फैलिएपनि प्राचिन मिथिलाको राजधानी जनकपुर तथा भारत बिहारको राजधानी पटनामा मनाइने छठको विशेष महत्व छ ।

सबै तस्बिर: सुरेश यादव

जनकपुरमा छठको राैनक फाेटाेफिचर