समाज

पत्रकार सञ्जय न्यौपानेको निधन

काठमाडौं- पत्रकार सञ्जय न्यौपानेको शनिबार साँझ निधन भएको छ। कारोबार दैनिकका पूर्व सम्पादक न्यौपानेको उपचारको क्रममा हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो।

उनी विगत एक बर्षदेखि स्नायुप्रणालीसम्बन्धी रोगको उपचार गराइरहेका थिए। न्यौपाने ‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ भनिने स्नायु प्रणालीसम्बन्धी रोगबाट पीडित थिए। यस अघि उनको भारतको हरियाणा स्थित मेदान्त अस्पतालमा उपचार गरिएको थियो।

लामो समय आर्थिक पत्रकारितमा सक्रिय न्यौपाने आर्थिक पत्रकार समाज (सेजन)का पूर्व उपाध्यक्ष समेत हुन्। ४५ बर्षीय न्यौपानेका श्रीमती एक छोरा र एक छोरी छन्।

 

 

प्रकाशित: २० कार्तिक २०७३ १४:३९ शनिबार

पत्रकार सञ्जय न्यौपानेको निधन