समाज

मधेस–पहाड सांस्कृतिक डोरी

छठ पूजा सामग्रीसाथ गोलबजारकी सुशीला ।

लहान– सिरहा, गोलबजारकी सुशीला श्रेष्ठले छठको व्रत लिन थालेको सात वर्ष भयो । सासू रामकुमारीको बिँडो थाम्दै उनले यो व्रत सुरु गरेकी थिइन् ।

रामकुमारीले १६ वर्ष निरन्तर व्रत बसेर छठ पूजा गरिन् । सात वर्षअघि उनको निधन भयो । ‘चिताएको पूरा हुने भएकाले परिवारमा सासूले सुरु गरेको व्रतलाई निरन्तरता दिइरहेकी छु,’ व्रतालु सुशीला भन्छिन् ।

परिवारमा विश्वास छ– रामकुमारीलाई छठीमैयाँले ठूलो उपहार दिइन् । आमाले आफ्नी छोरीको कोख पुत्ररत्नले भरियोस् भन्ने भाकल गरेर छठव्रत बसेकै वर्ष रामकुमारीको कोख भरियो । छोरो जन्मियो । छोरो सुमन १६ वर्षको हुन्जेल उनले निरन्तर यो व्रत बसेर आमाको बिँडो धानेकी थिइन् । अहिले त्यही बाटोमा छिन् सुशीला ।

झिसमिसे सा“झ र मिर्मिरे बिहान परिवारसहित व्रतालुका लस्कर जलाशयसम्म जा“दा र फर्कंदाको दृश्य रमणीय देखिन्छ

मधेसी–पहाडी, हिन्दु–मुस्लिम, दलित–गैरदलितको घेराभन्दा माथि छ यो पर्वको महिमा । ‘सबै जाति, समुदाय एकै थलोमा अटाउनु यो पर्वको अनुपम सौन्दर्य हो ।’

पहाडी समुदायमा तिहारका बेला माछामासु खाएर रमाइलो गर्ने परम्परा छ । श्रेष्ठ भन्छिन्, ‘हामी टीकाको भोलिपल्टैदेखि घरमा माछामासु ल्याउँदैनौं, लसुन–प्याज पनि खान बन्द गर्छौं,’ उनले थपिन् ।

छठका लागि खरिद गरेको पूजा सामग्री पनि चोखो स्थानमा राख्नुपर्ने जनाउँदै उनले भनिन्, ‘पूजा सामग्री राख्ने कोठा माछामासुबाट टाढै रहन्छ ।’ ३६ घन्टा निर्जल र निराहार व्रत बस्दा पनि शरीरले साथ दिनुलाई यो पर्वको शक्ति मान्छिन् सुशीला ।    

सूर्य उपासना पर्वका रुपमा लिइने यसलाई पछिल्लो समय नेपालका पहाडी समुदायका महिलाले पनि तराई–मधेस मूलका महिलासँगै सामूहिक रूपमा मनाउन थालेका छन् ।

उदाउँदो सूर्यको आराधना गर्दै अघ्र्य अर्पण गरिने छठ पर्वले सांस्कृतिक सद्भाव कायम गर्न सेतुको काम गरेको गोलबजारका सामाजिक अभियन्ता अर्जुन थपलियाको भनाइ छ ।

‘हिन्दु धर्ममा कुनै पनि उपासना वा पर्वको सुरुआत स्नानबाट हुन्छ, छठ पनि स्नानबाटै सुरु भएको मानिन्छ,’ उनले भने । चार दिनसम्म मनाइने छठमा पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भने कामना गरिन्छ ।

छठलाई श्रद्धालुको अटल आस्थाको अनौठो आराधना पनि भनिन्छ । बिहान उदाउँदो सूर्यको पहिलो किरण र साँझमा अस्ताउँदो अन्तिम किरणलाई अघ्र्य चढाएर मनाइने यो पर्व पछिल्लो समय मधेसी र पहाडी समुदायका महिलाले बराबर मान्न थालेका छन् ।

सामाजिक अभियन्ता थपलिया भन्छन्, ‘यो पर्व सामाजिक अन्तरघुलन र सद्भावको अनुपम नमुना हो, यसले सामाजिक मिलापलाई चौतर्फी फैलाउँदै छ ।’

पहिला मिथिलावासीले मनाउने यस पर्वले पहाड–तराईको सम्बन्ध जोड्दै छ । व्रतालु श्रेष्ठ भन्छिन्, ‘छठको घाटमा को मधेसी, को पहाडी केही हेरिँदैन ।’

छठको महहत्व

संसारको आदिपर्वका रुपमा रहेको सूर्यपूजाको पर्व छठ कुनै समय प्राचीन मिथिला भू–भागभित्र मात्र प्रचलित थियो ।

कालान्तरमा यो पर्व त्यस क्षेत्रका मैथिली र भोजपुरी भषाभाषीसँगै देश–देशान्तरसम्म विस्तृत हु“दै गयो । ‘छठ वास्तवमा सहरी मिथिलाको ग्रामीण पर्व हो,’ मैथिली संस्कृतिका जानकार श्यामसुन्दर यादवले भने ।

खेतीपाती र लोकजीवनसँग यसको गहिरो साइनो छ । सांस्कृतिक समन्वय र सामाजिक सद्भावको मियोका रुपमा छठका अनेकौं लोककल्याणकारी प गाउँघरमा प्रतीक छ ।

छठ पर्वमा धनी–गरिबबीचको फरक छुट्टि“दैन । छुवाछूत, जातीय वा लिंगीय विभेद पनि पाइ“दैन । छठमा प्रसादका  रुपमा चढाइने सामग्रीको संख्या ७० थरी पु¥याउनुपर्ने मान्यता छ । यस्ता सामग्रीमा मूला, गाजर, ज्यामिर, बेसार, अदुवा, पि“डालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन् । कुनै कारण ७० प्रकारका सामग्री पु¥याउन नसकिए गम्हरी भन्ने धानको चामल चढाउ“दा पुग्छ । गम्हरीलाई औÈधीय गुणयुक्त मानिन्छ ।

‘गम्हरीलगायत सबै सामग्री एउटा कर्मशील व्यक्तिले आफैं उत्पादन गर्न सक्छ । त्यसैले यो धनधान्य तथा आर्थिक हैसियत र तडकभडक देखाउने नभई कृÈिप्रधान Ôेत्रका मानिसको कर्मशीलता प्रदर्शनको पर्व पनि हो,’ यादवले भने ।
यसमा एउटै पोखरीको चारैतिर विभिन्न जातिका व्यक्तिले आ–आफ्नो पूजा गर्छन् । यसरी छुवाछूतबाट पनि यो पर्व मुक्त छ । यसैगरी, मिथिला Ôेत्रका अन्य धर्म समुदायले पनि छठीमाताको भाकल गर्छन् । यसरी यस पर्वले धार्मिक समन्वय र सहिष्णुताको कार्य पनि गरेको छ ।

छठको सबैभन्दा रमाइलो पÔ हो– यसको समय, शैली र रमझम । झिसमिसे सा“झ अनि मिर्मिरे बिहानीमा व्रतालुका साथै घरका सदस्यहरुको लस्कर जलाशयसम्म जा“दा र फर्कंदाको दृश्य अत्यन्तै लोमहर्Èक हुन्छ । सबैको हातमा पूजाका कुनै न कुनै सामग्री, यी सामग्रीमाथि बलिरहेको दियोले वातावरणलाई उल्लासपूर्ण बनाएको हुन्छ । जलाशयछेउ लहरै बनाइएका पूजाका घाट, मैथिल नारी हरुबाट घाटैपिच्छे समूह–समूहमा छठ परमेश्वरी र सूर्यदेवको आराधनामा गाइने गीत, पोखरीको डिलमा ढोल, पिपहीजस्ता परम्परागत बाजाको सुरम्य वादन, पोखरीभरि पानीमा रुझेर सूर्यलाई अघ्र्य दिइरहेका व्रतालु । परालको बुजोमाथि बलिरहेको दियो, पोखरीभरि तैरिरहेको दीपसमूहले विछट्ट रोमान्च र भक्तिभाव दर्साउँछ ।
छठलाई आरोग्य र उन्नतिदायक पर्व मानिन्छ । यसमा पुजिने सूर्य र जल दुवै आदिशक्ति हुन् । पुराणमा सूर्यलाई आरोग्यदायक मान्दै ‘आरोग्य भाष्करादिच्छेत’ भनिएको छ । छठ मनाउनाले आरोग्य र विशेÈ गरी चर्मरोगबाट मुक्ति मिल्ने विश्वास गरिन्छ ।

चर्मरोगको कारण प्रदूÈित पानी पनि एक रहेको परिपे्रक्ष्यमा छठले जलाशय सफा राख्ने सन्देश दिन्छ । सबै चाडपर्वमा झैं यसबाट पनि सुख–समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । छठले अस्ताउ“दो सूर्यको समेत पूजा गरेर मानवीयताको सन्देशसमेत दिन्छ ।
 

प्रकाशित: २० कार्तिक २०७३ ०२:३९ शनिबार

मधेस–पहाड सांस्कृतिक डोरी