माओबादी सशस्त्र द्धन्द्धकालीन समयमा बिस्थापित भएका कपिलवस्तुका आधा दर्जन बढी छोटी भन्सार नाका अझै पुर्नस्तापना भएको छैन।
युद्धकालीन सयममा २०६० साल पछि बिस्थापित भएका छोटी भन्सार अझै संचालनमा आएका छैनन।कपिलवस्तुका ७ छोटी भन्सार कार्यालय डेढ दशक बढी समय देखि बन्द रहेका हुन। जिल्लाको कृष्णनगर भन्सार अन्तरगत रहेको भिल्मी, हरिहरपुर कुशहवा, बाणगंगा छोटी भन्सार कार्यालय १५ बर्ष देखी बन्द भएका छन।
यस्तै सुठौली भन्सार कार्यालय अन्तरगत दोहनी, रगंपुर, गौरा छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेको छ। शान्ति स्थापनापछि चाकलचौडा भन्सार कार्यालय सन्चालन भएपनि अझैसम्म ७ वटा छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेको भन्सार कर्मचारीहरु बताउछन।
द्धन्द्धकालमा बिस्थापित भएका छोटी भन्सार कार्यालय अझै सम्म पुर्न स्थापना नहुनु दुःखद कुरा भएको स्थानीय अगुवा रबि ठाकुरले बताए । ‘ अझैसम्म सञ्चालन नआउदा राजस्व संकलनमा समेत कमी आएको उनले बताए। छोटी भन्सार नाका नजिकमा गाँउका स्थानियहरु भन्सार सन्चालन गर्नका लागि पटक पटक माग गरे पनि कुनै सुनुवाई नभएको उनले बताए । भन्सार कार्यालय सञ्चालन नहुँदा व्यवसायीलाई नेपाल–भारत व्यापार गर्न समस्या भएको स्थानीय महाराजगंज नगरपालिका वडा नं १० हरदौनाका वडाअध्यक्ष शैलेन्द्र कुमार चौधरीले बताए।
कपिलवसतुको मायादेबी गाउपालिका– ४ गौरा भन्सार नाका बिस्थापित भएको धेरै समय हुदा त्यहा रहेको भवन समेत जीर्ण बनेको छ। ९३ किलो मिटर क्षेत्र पर्ने सिमा नाकामा छोटी भन्सार पुर्न स्थापना नहुदा चोरी तस्कारी नियन्त्रण गर्न समेत सुरक्षाकमीैलाई चुनौती बनेको छ।
बन्द कृष्णनगर भन्सार कार्यालयका प्रमुख गगन बहादुर वि.कले छोटी भन्सार नाका सन्चालनका लागि नेपाल सरकार अर्थ मन्त्रालयबाट कुनै परिपत्र नआएको बताए । उनले छोटी भन्सार नाका सन्चालनका लागि कार्यालय र कर्मचारी व्यवस्थापन पठाए मात्र सन्चालनमा आउने बताए। सुठौली भन्सार कार्यालयका सूचना अधिकारी कृष्ण विश्वकर्माका अनुसार छोटी भन्सार कार्यालय भवनको निरीक्षण गरी कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार उल्लेख गरी केन्द्रमा जानकारी पठाएको बताए। भन्सार कार्यालयबाट पैठारी हुने मूख्य मूख्य बस्तुहरुमा बकज, क्लिङ्कर, जिप्सम, फलाम, पत्थर कोईला, एम. एस. बिलेट, भेनियर सिट, हरियो फलफुल तथा तरकारी, खाद्यन्न, माल्ट, सूर्तिजन्य पदार्थ, सिसि बोतल लगायतका सामाग्री रहेका छन ।
प्रकाशित: १९ फाल्गुन २०७९ ११:५३ शुक्रबार