समाज

स्वामी निगमानन्द सम्मानित

काठमाडौं– गुठी सम्पदाको संरक्षण एवं सम्वद्र्धनमा संशसनीय काम गरेको भन्दै बुढानिलकण्ठ नारायण मन्दिरका महन्त स्वामी निगमानन्दलाई सम्मान गरिएको छ। गुठी संस्थानको ५३ औं वार्षिक उत्सवको अबसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच भूमि सुधार मन्त्री विक्रम पाण्डेले स्वामी निगमानन्दलाई सम्मान गरिएको हो।
सो अवसरमा मन्त्री पाण्डेले आगामी दिनमा पनि गुठी सम्पदा संरक्षणमा स्वामी निगमानन्दले सहयोग गर्ने विश्वास व्यक्त गरे।  निगमानन्द हाल बुढानिलकण्ठ मन्दिर नारायणथानका महन्त हुन्। उनी मन्दिरका महन्तमा नियुक्त भएपछि सो स्थानमा भवन निर्माणदेखि सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान दिएको भन्दै गुठी संस्थानले उनलाई सम्मान गरेको हो। स्वामी निगमानन्द सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट बेदान्तमा आचार्य हुन्।

 

प्रकाशित: १७ कार्तिक २०७३ ०९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App