समाज

कारको ठक्करबाट महिलाको मृत्यु

उर्लाबारी (मोरङ)– नम्बर नखुलेको कारको ठक्करबाट मोरङको विराटनगरमा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

कोसी राजमार्गअन्तर्गत विराटनगर–४ मा गएराति नम्बर नखुलेको कारको ठक्करबाट मोरङ गोविन्दपुर–३ बस्ने अन्दाजी ३० वर्षीया सुशीला पोख्रेलको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने कारसहित चालक फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रकाशित: १७ कार्तिक २०७३ ०८:०२ बुधबार

कारको ठक्करबाट महिलाको मृत्यु