समाज

दत्तात्रय संग्रालयमा आगलागी

भक्तपुर—तिहार मनाउने क्रममा राती दत्तात्रय मन्दिरसंगै रहेको दत्तात्रय संग्रहालयमा आगलागी भएको छ।


दिपावलीको दियो तातेर झ्यालको चौकोसबाट आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिए।

आगलागीबाट संग्रहालयको झ्यालको बहुमूल्य कलात्मक तीनवटा झ्यालहरु जलेर नष्ट भएका छन्। बिहान तीन बजे भएको आगलागीको प्रहरी र भक्तपुर दमकलको सहायताले नियन्त्रणमा आएको थियो। रासस

प्रकाशित: १५ कार्तिक २०७३ ०५:०५ सोमबार

दत्तात्रय संग्रालयमा आगलागी