समाज

करेन्ट लागेर एकको मृत्यु

भक्तपुर– मध्यपुरथिमि नगरपालिका–१७ मनोहरा सागबारीमा करेन्ट लागेर बिहीबार दिलकृष्ण तकोको मृत्यु भएको छ।

अपराह्न सागबारीमा पानी हाल्नका लागि पानी तान्ने पम्पमा विद्युत जोड्दा करेन्ट लाग्दा दिलकृष्णलाई बचाउन जाने दुईजनासमेत घाइते भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए।

घाइते हुनेमा दिलकृष्णका श्रीमती ज्ञानमाया र छोरा चन्द्रकृष्ण छन्।

त्यसैगरी यही कात्तिक ६ गते मध्यपुरथिमि–१२ का लीना श्रेष्ठको बा. ४६ प. ८०२३ नम्बरको स्कुटर चोरी गर्ने दुई जनालाई प्रहरी वृत्त थिमिले गौशाला प्रहरीको सहयोगमा पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा ठाडो–५ का सुरेश खड्का र मध्यपुरथिमि–२ का निरज बज्राचार्य रहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ११ कार्तिक २०७३ १४:०८ बिहीबार

करेन्ट लागेर एकको मृत्यु