समाज

घाँस काट्न जाँदा भीरबाट खसेर महिलाको मृत्यु

बिरा गडाल

बैतडी– बैतडीको गाँजरी–४  कोटिलाका नरेन्द्रसिंह धामीकी  ३७ वर्षीया पत्नी राजमतीको भिरबाट खसेर मृत्यु भएको छ।

बिहीबार बिहान घाँस काट्दै गर्दा त्रिसुलधार गोदा भिरबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भिरबाट अन्ताजी २ सय मिटर तल खस्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रकाशित: ११ कार्तिक २०७३ १०:४५ बिहीबार

घाँस काट्न जाँदा भीरबाट खसेर महिलाको मृत्यु