समाज

अाँखामा खुर्सानीकाे धुलाे छर्केर १६ लाख लुटपाट

दाङ– दाङको तुलसीपुर बसपार्कबाट बुधबार बिहान एकजना व्यक्तिबाट १६ लाख रूपैयाँ लुटपाट भएको छ।

प्रहरीका अनुसार आँखामा खुर्सानीको धुलो हालेर दुर्गा लामिछानेको साथमा रहेको रु १० लाख भारु लुटपाट भएको हो। मोटरसाइकल चढेर आएका तीनजना नकाबधारीले लामिछानेको आँखामा खुर्सानीको धुलो हालेर रकम लुटेका हुन्।

लामिछाने बुटवल वस्त्रालयमा लामो समयदेखि कार्यरत कर्मचारी हुन्। तुलसीपुर–१४ चैलाही निवासी लामिछानेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी अनुसन्धान सुरु गरेको गरेको छ । इप्रकाका प्रमुख डिएसपी लोकनाथ तिमिल्सेनाले अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक गरिने बताए।

बुटवल वस्त्रालयका मालिक राजकुमार श्रेष्ठले लामिछानेलाई उक्त रकम दिएर पसलका लागि सामान लिन पठाएको बुझिएको छ। रासस

प्रकाशित: १० कार्तिक २०७३ ११:३४ बुधबार

अाँखामा खुर्सानीकाे धुलाे छर्केर १६ लुटपाट