समाज

बाख्रा चराउन गएका तामाङको लडेर मृत्यू

भगिश्वर लिम्बू

तेह्रथुम– जिल्लाको लालीगुराँस नगरपालिका–९ मा बाख्रा चराउन गएका एक पुरुषको लडेर मृत्यु भएको छ।

वडा नम्बर ९ साबिक सुङनाम बस्ने भक्तबहादुर तामाङ बाख्रा चराउन जाँदा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार घरबाट बाख्रा लिएर जंगल गएका तामाङ घर नफर्कीएपछि बुधबार खोजी गर्ने क्रममा बिहान ७ बजे भीरबाट लडेर मृत अबस्थामा आफन्तले शव भेटाएका थिए।

लडेर तामाङको मृत्युपछि आफन्तले इलाका प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीनिरीक्षकको टोली घटना स्थलतर्फ गई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

प्रकाशित: १० कार्तिक २०७३ १०:०३ बुधबार

बाख्रा चराउन गएका तामाङको लडेर मृत्यू