समाज

विदेश पठाइदिन्छु भन्दै ठगी गरेर फरार आले पक्राउ

काठमाडौँ- ठगी मुद्दामामा अदालतबाट सजायँ फैसला भए पनि फरार रिता आलेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं जिल्ला अदालतको २०६५ भदौ ४ गतेको फैसलाले २ बर्ष कैद र ४५ लाख १ हजार ५ सय जरीवाना ठहर गरेको थियो।  हालसम्म फरार रहेकी सुनसरी धरान नगरपालिका–१३ बस्ने ३६ बर्षीया आलेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुनसरी, धरानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालतमा पेश गरेको छ। अदालतको आदेशले मंगलबार कैद भुक्तानको लागि उनलाई महिला बन्दीगृह, कारागार कार्यालय, बिराटनगर मोरङमा पठाइएको छ।

                रिता आले समेतले टलकबहादुर थापा समेतका २० जनालाई आकर्षक रोजगारीका लागि साइपन पठाइदिने भनी प्रलोभन देखाई प्रतिब्यक्ति २ देखि ३ लाख रुपैयाँसम्म रकम लिई कसैलाई सिंगापुर, कसैलाई मलेशिया र कसैलाई फिलिपिन्समा पुर्‍याई अलपत्र पारी ४५ लाख १ हजार ५ सय रुपैयाँ ठगी गरी आले फरार रहेकी थिईन। अदालतले प्रतिबादीबाट पीडितहरुलाई ठगी गरेको बिगो रकम भराई दिने समेत फैसला गरेको थियो।

प्रकाशित: ९ कार्तिक २०७३ ११:३४ मंगलबार

विदेश पठाइदिन्छु भन्दै ठगी गरेर फरार आले पक्राउ