समाज

काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा

फाइल तस्बिर

आइतबार काठमाडौंमा छिटपुट वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले यो यसपालिको पहिलो हिउँदे वर्षा भएको जनाएको छ।

काठमाडौंसंगै अहिले कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ महाशाखाले जनाएको छ।

यस्तै, मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।

प्रकाशित: १४ फाल्गुन २०७९ १०:०७ आइतबार

जल तथा मौसम पूर्वानुमान महाशाखा