समाज

चराको घरः मान्छेको घर

खै, पहिलेका मानिस बुद्धिमान भनूँ वा अहिलेका? पहिला पहिला मानिसले घर बनाउँदा भँगेरा–परेवाका लागि प्वाल राख्थे। बाल्यकालमा ती प्वालबाट चरा भित्र–बाहिर गरिरहेको हेरिरहन्थें। चरा चिर्चिर, घुर्घुर गर्दै बस्थे। हेर्न मजा लाग्थ्यो। बुढाबुढीहरू भन्थे– ती प्वाल राखिएन भने हामी पन्छी योनीमा जन्म लिँदा बास पाइँदैन। हामी चौरासी लाख योनीमा विश्वास गर्नेहरू। भनौं अन्धविश्वासका कुरा !

अचेल ढलान घरको चलन आयो। चराका लागि प्वाल राख्ने चलन गयो। अझ अहिले त घरको मुहारभरि सिसा राख्ने चलन आइरहेको छ। साना चरालाई सिसाको भेउ हुँदैन। उड्दै आउँदा टाउको सिसामा ठोकिन्छ। तिनको गर्धन भाँचिन्छ अनि केही समयमै मर्छन्।

अमेरिका बसेर फर्केका साथीहरू सुनाउँछन्– अमेरिकाका सहरमा पन्छीहरूको बेहाल छ। तिनले अडिने ठाउँ नै पाउँदैनन्। आकाशमा यताउति भौंतारिरहन्छन्। जताजतै अग्ला अग्ला घर। बस्ने ठाउँ नै छैन।

विद्यालयमा इकोसिस्टम पढाइन्छ। इकोसिस्टम भन्छ– सम्पूर्ण चराचर एउटै व्यवस्थाका अंग हुन्। प्रकृतिको व्यवस्थामा हरेक जीवको आफ्नै महŒव छ। एकअर्कामा आश्रित। एउटा प्रजाति हरायो भने अर्को पनि हराउँछ। यो विज्ञानको नियम हो।

खै, हिजोका मानिस विज्ञानसम्मत थिए वा आजका?

प्रकाशित: १३ फाल्गुन २०७९ ०१:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App