समाज

भारतीय ट्रकको ठक्करबाट मृत्यु

रत्ननगर- चितवनको दारेचोक–४ स्थित मुग्लिनबजारमा भारतीय ट्रकको टक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। 

पोखराबाट चितवनको नारायणगढतर्फ आउँदै गरेको आर–जे–०२९७१५ नंको भारतीय ट्रकले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ५० वर्षको देखिने पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

मृतकको अहिलेसम्म सनाखत नभएको र शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। गएराति करिव ९ः३० बजेको समयमा भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा मध्यराति १२ बजे ज्यान गएको प्रहरीले जनाएको छ। रासस 

प्रकाशित: ५ कार्तिक २०७३ ०५:३५ शुक्रबार

भारतीय ट्रकको ठक्करबाट मृत्यु