समाज

कतार र मालिन्दोको जहाजले काठमाडौंमा अवतरण गर्न सकेनन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावा तीव्र गतिले गर्दा  दुई वटा अन्तर्राष्ट्रिय विमानले अवतरण गर्न सकेका छैनन्।

शुक्रबार जहाज अवतरण गर्ने स्थान तर्फको हावा तीव्र भएको कारण  कतारबाट आएको कतार एयरवेज र मलेसियाबाट आएको मालिन्दो एयरले अवतरण गर्न नसकेका हुन्। कतार एयरवेजकाे फलाइट नम्बर क्यूटीआर  ६४६ र मालिन्दो एयरकाे एमएक्सडी १८६ ले अवतरण गर्न नसकेका हुन।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार यी दुई जहाजले करिब आधा घण्टा देखि अवतरण गर्न नसकेका हुन्। 

उनले भने, ‘जहाज हावाको तीव्र चापको कारण अवतरण गर्न नसकी पुन: आकाशमै फर्काइएको छ। यस्तो अवस्थालाई ‘टेलविन्ड’ भनिन्छ। अब हावाको चाप सामान्य हुँदै गएको छ। केही समयमा जहाज अवतरण गर्छ।’

सिटौलाले कतार एयरवेजको जहाज तीस मिनेट र मालिन्दो एयरको जहाज पन्ध्र मिनेटदेखि आकाशमै उडी रहेको बताए। यस्तै उनले केही समयमा जहाज अवतरण गर्ने बताए। 

यी जहाज अहिले नेपाली आकाशमा घुमिरहेका छन्। सामान्यतया १० नट्स भन्दा कमको वहाव हुँदा जहाज अवतरण गर्न सक्छन्। तर, गति १५ नट्सभन्दा माथि भएकोले जहाज अवतरण गर्न नसकेको हो। 

प्रकाशित: १२ फाल्गुन २०७९ ११:३२ शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल