समाज

मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायूको प्रभाव रहेको छ। त्यसको असरले प्रदेशमा १ मा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान गण्डकी र प्रदेश–१ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली  देखि मौसम सामान्यतया सफा रहनेछ।

त्यसै गरी आज प्रदेश नं १ को पहाडी भू(भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १२ फाल्गुन २०७९ ०२:०५ शुक्रबार

अाजकाे माैसम