समाज

खैरो हेरोइन सहित तीन पक्राउ

काठमाडौँ- कलंकीबाट प्रहरीले लागू औषध खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा बाँके बासुदेवपुर–५ घर भई शम्सेरगंज नगरपालिका बस्ने १९ बर्षीय अमित गुरुङ, बाँके कम्धी–५ घर भई नेपालगंज उपमहानगरपालिका–२६ कारकाँदो बस्ने १७ बर्षीय जिवन मल्ल र काठमाडौँ महानगरपालिका–२१ भोटेबहाल बस्ने २५ बर्षीय मनिष शाही रहेका छन्।

                उनीहरुलाई प्रहरीले सोमबार शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा जिवन मल्लले लगाएको छालाको जुत्ताको भित्र अगाडीको भागको टुप्पोमा प्लाष्टिकको टुक्रामा पोको पारी लुकाई राखेको अवस्थामा उक्त खैरो हिरोइन बरामद भएको थियो।

               

प्रकाशित: २ कार्तिक २०७३ ११:४५ मंगलबार

हेरोइन सहित पक्राउ