समाज

डिआइजी सिंहले दिए पदबाट राजीनामा

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आज आफ्नो पदबाट राजीनामा दिएका छन्।  

उनले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए। 

सिंह हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत छन्। उनको जन्म मितिको विवादित विषय हालै सार्वजनिक भएको थियो। उक्त विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सोही विषयमा उहाँले राजीनामा दिएको अनुमान गरिए पनि यकिन कारण भने खुलेको छैन।  

प्रहरी प्रवक्ता पोखरेलले घरायसी कारण उल्लेख गरेर राजीनामा दिएको उल्लेख रहेको बताए। प्रहरीले राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाउन लागेको बताइएको छ।  

प्रकाशित: १० फाल्गुन २०७९ १२:३६ बुधबार

अशोक सिंह