समाज

सप्तरीमा दुई मोटरसाइकल ठोक्किदा चार घाइते

लहान-सप्तरीको कल्याणपुर-३ मा आइतबार दुई मोटरसाइकल आपसमा ठोक्किदा चार जना घाइते भएका छन्।

भे. ५ प ५७६८ नम्बर र स ७ प ४४३२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको इलाक़ा प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।
दुर्घटनामा डोल्पा जिल्ला दुने-२ बस्ने २३ बर्षीय दिपेन्द्र ठकुल्ला, उनका बुबा हर्क बहादुर ठकुल्ला, सप्तरी कुसाहा-२ बस्ने सुनिल चौधरी तथा सोही ठाउँकी बिनादेबी चौधरी घाइते भएका छन्।

घाइते तीन जनाको उपचार लहान अस्पतालमा भैरहेको छ। गम्भीर घाइते हर्क बहादुरलाई थप उपचारका लागि काठमाण्डौं पठाइएको इलाका प्रहरी कार्यालय कल्यणपुरले जनाएको छ।

प्रकाशित: ३० आश्विन २०७३ ०८:०७ आइतबार

सप्तरीमा दुई मोटरसाइकल ठोक्किदा घाइते