समाज

सम्झौता बिपरित अतिरिक्त रकम असुल्दै ठेकेदार

लहान–जिल्ला विकास समितिले ठेक्का लगाएको खोला र नदीजन्य पदार्थ (गिट्टी, बालुवा, ढुंगा)मा ठेकेदारले तोकिएको भन्दा बढी कर असुली गरिरहेको खुलेको छ। कारबाही गर्ने निकाय मौन बस्दा ठेकेदारले मनोमानी रकम असुली गरेका छन्।

शनिबार विहान  ठेकेदार (ममता सःमिल) ले खुट्टी खोलाबाट संकलन गरेको बालुवाको २४० रुपैयाँ असुल गरेको छ। प्रति ट्रयाक्टर बालुवाको बिक्री मूल्य जिल्ला विकासले २१६ रुपैयाँ ७५ पैसा तोकेको छ। ठेकेदारसँग भएको सम्झौता अनुसार जिल्ला बिकासले दिएको चलन पुर्जीमाप्रति ट्रयाक्टर बालुवाको उतm बिक्री मूल्य तोकेको हो।
चलन पुर्जीमा उल्लेख भएको मूल्य भन्दा बढी मूल्य लिए कारबाही गर्न सम्वन्धित प्रहरी कार्यालयहरुमा सहयोगका लागि पत्राचार गरिएको जिल्ला विकास राजश्व शाखाका प्रमुख महेन्द्र यादवले बताए।

बालुवामा मात्र नभई खोलाजन्य ढुँगा, गिट्टीमा पनि जिल्ला विकासले तोेकेको भन्दा बढी मूल्य ठेक्केदारले असुली गरिरहे पनि  नियमन गर्ने निकाय मौन छ । ठेक्केदारले ढुंगा वापतप्रति ट्रयाक्टर ५०० रुपैयाँ असुली गरिरहेको छ। जिल्ला विकासले ढुँगाको बिक्री मूल्य २६५ रुपैयाँ २० पैसा तोकेको छ।

 

प्रकाशित: २९ आश्विन २०७३ ०८:२४ शनिबार

सम्झौता बिपरित अतिरिक्त रकम असुल्दै ठेकेदार