समाज

काभ्रे बस दुर्घटनामा २ को मृत्यु, ११ जना घाइते [अपडेट]

काठमाडाैं-काभ्रेमा भएको बस दुर्घटनामा २ जनाको निधन भएको छ। ११ जना घाइते मध्ये केही गम्भीर छन्। पलाञ्चोक भगवतीबाट बनेपातर्फ आउँदै गरेको मिनि बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो। शुक्रबार बेलुका करिब पाैने ६ बजे दुर्घटना भएको हो।

काभ्रेका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार एकजनाको घटनास्थलमै र अर्का एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा निधन भएको हो।

ना ४ ख १९१३ को मिनि बस भान्छेपोखरी-१६ मा उकालो नतानेर पछि हटेपछि सडकबाट करिब ५ सय मिटर भन्दा तल खसेको हो। बसमा सुरूमा सात जना चढेका र पछि बाटोमा ६ जना थपिएर १३ जना यात्रु रहेका शर्माले बताए।

घाइते ११ जना धुलिखेल अस्पताल पुर्याइएको शर्माले बताए। घटनास्थलमा थप एकजना हराएको शंकामा खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी राजेश बास्तोलाले बताए।

प्रकाशित: २८ आश्विन २०७३ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App