समाज

मोटरसाइकल दुर्घटनामा प्रहरी निरीक्षककोे मृत्यु

शंकर श्रेष्ठ
असोज–धादिङको बैरेनी गाविस– ९ बैरेनी बजारमा मोटरसाइकल दुर्घटनामा हुँदा शसस्त्र प्रहरीका प्रहरी निरीक्षक ध्रुव थापाको मृत्यु भएको छ। 

दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक थापाको काठमाडौको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक सरद प्रसाद खत्रीले जानकारी दिए। 

मलेखुबाट काठमाडौं आउँदै गर्दा थापा सवार बा६९प १७५५ नम्बरको मोटर साइकल र विपरित दिशाबाट आउँदै गरेको बा७५प २९६७ नंबरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो। 

छोराले चलाएको मोटरसाइकल अर्काे मोटरसाइकलसंग ठोक्किएपछि पछाडि बसेका थापा उछिट्टिएर बा५च ३६१७ कारमा ठोक्किएका थिए। 

तनहुँ मरलुङ ४ निवासी प्रहरी निरिक्षक थापा दक्षिणकाली कुमलटारमा कार्यरत थिए। दुर्घटनामा अर्काे मोटरसाइकल बा७५प २९६७ चालक नुवाकोट कुमरी गाविसका वर्ष ४५ का प्रलाद सुवेदी घाइते भएका छन् । दुर्घटनामा परेको दुईओटा मोटरसाइकल र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रकाशित: २६ आश्विन २०७३ १२:४७ बुधबार

मोटरसाइकल दुर्घटनामा प्रहरी निरीक्षककोे मृत्यु