समाज

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

गोरखा–गोरखा नगरपालिकाको बाह्रकिलोदेखि आँबुखैरेनी जाँदै गरेको ग८प ६६७१ नम्बरको स्कुटर र आँबुखैरेनी देखि गोरखा आउँदै गरेको बा४१प ३५३३ नम्बरको मोटरसाइक बुधकार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 


दुर्घटनामा मोटरसाइकल पछाडि सवार देउराली गाविस– ९ का ४५ वर्षीय शरण पन्थको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मुग्लिन पुगेपछि मृत्यस भएको हो। स्कुटर उनका छोरा २१ वर्षीय सुनिलले चलाएका थिए।

स्कुटर चालक गोरखा नगरपालिका– ६की ३६ वर्षीया बिना केसी र सँगै सवार अर्की एक महिला र काखे बालक पनि समान्य घाइते रहेको ट्रफिक प्रमुख मिनबहादुर कुँवरले बताए। घाइतेको आँबुखैरेनीस्थित मेडिकलमा उपचार भइरहेको छ । तिब्र गतिका कारण मोटरसाइकल एक आपसमा ठोक्किएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । 
 
 

प्रकाशित: २६ आश्विन २०७३ ११:५५ बुधबार

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु