समाज

रौतहटमा बस दुर्घटना, २१ जना घाइते

रौतहट- रौतहटको चन्द्रपुर नगरपालिकाको वन कार्यालय नजिक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बाराको विजयपुरबाट महोत्तरीको वर्दिवास गइरहेको ना३ख ९८६४ नम्बरको बस तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। बसका चालक अक्ष्यलाल चौधरी फरार छन्।

घाइतेहरुको उपचार चन्द्रपुरमा भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डीएसपी यादव ढकालले जानकारी दिए।

प्रकाशित: २६ आश्विन २०७३ ०९:२९ बुधबार

रौतहटमा बस दुर्घटना २१ जना घाइते