समाज

मासु घाँटीमा अडकिदा एकजनाको मृत्यु

भीमदत्तनगर- घरमा बसेर मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर-२ वाणीका ५६ वर्षीय बहादुर रावलको मृत्यु भएको छ। गुलरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्िकएर रावलको मङ्गलबार राति मृत्यु भएको बताए। 

उनलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्याउँदा बाटोमै मृत्यु भएको थियो। त्यसैगरी मोटरसाइकलले ठक्कर दिँदा भीमदत्तनगरपालिका-२ उल्टाखामाका साइकलमा सबार कालुराम चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। 

से २ प ९०६१ नं को मोटरसाइकलले पूर्व-पश्चिम राजमार्गको बेदकोट नगरपालिका-१३ दैजी क्षेत्रमा ठक्कर दिंदा घाइते भएका साइकलयात्री चौधरीको मङ्गलबार उपचारका क्रममा कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस 

प्रकाशित: २६ आश्विन २०७३ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App