समाज

प्रहरी महानिरीक्षकबाट प्रहरी परिवारलाई टीका

काठमाडौं-प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा हरेक वर्षझैं प्रहरी अधिकृत तथा प्रहरी जवानहरु एवम् प्रहरी परिवारलाई बुधबार बिजयादशमीको टीका लगाइदिएका छन।

उनले टीका ग्रहण गर्ने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरु एवम् प्रहरी परिवारलाई सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन।

नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष रोशी अर्यालले समेत बिजयादशमीको टीका लगाइदिएकी छन।

 

 

 

प्रकाशित: २६ आश्विन २०७३ ०७:०३ बुधबार

प्रहरी महानिरीक्षकबाट प्रहरी परिवारलाई टीका