समाज

मोटसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

इनरुवा- सुनसरीको इटहरी उपमहानगरपालिका-२४ सेउती खोलानिर आज बिहान भएको मोटसाइकल दुर्घटनामा एकैघरका दाजुभाइको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नंको मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

मृत्यु हुनेमा इटहरी-५ बस्ने मदन गुरुङ र कुमार रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। अत्यधिक मापसे गरी आइरहेका कारण मोटरसाइकल दुर्घटना भई गुरुङद्वयको घटनास्थलमै मृत्यु भएको बताइएको छ। रासस 

प्रकाशित: २३ आश्विन २०७३ ०९:०२ आइतबार

मोटसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु