समाज

बुटवलमा ६ लाख नगदसहित ६ जुवाडे खालबाट पक्राउ

काठमाडाैं–शनिबार राति बुटवलमा करिब ६ लाख नगदसहित जुवाको खालबाट ६ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिईएको टोलीले बुटवल उप महानगरपालिका वडा नं.१४ नयाँगाउ स्थित लालप्रकाश थापाको घरबाट उनीहरूलाइ नियन्त्रणमा लिएको हो।

प्रहरीले साथै उक्त स्थानबाट चार बुक तास, कम्मल र जुवा खेलाउन प्रयोग गरिने १२ वटा काैडाको गोटी समेत बरामद गरी जुवा ऐन अन्तर्गत आवश्यक कारवाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २३ आश्विन २०७३ ०६:१९ आइतबार

बुटवलमा नगदसहित जुवाडे खालबाट पक्राउ