समाज

गोठभित्र बेवारिसे शव फेला

कोहलपुर–कोहलपुर–३ मैटहामा एक पुरुषको बेवारिसे शव फेला परेको छ। स्थानीय कृष्णकृपाल थारुको गोठमा शव भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। उनको गोठमा रहेको फलामको खाटमाथि शव फेला परेको हो।

गहुँ गोरो, पातलो शरीर भएको शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुरेश प्रसाद काफ्लले बताए । अन्दाजी ५५ वर्षको पुरुषको शव फेला परेको हो। हत्या वा आत्माहत्या पहिचान हुन नसकेको उनले जनाए। शवलाई भेरी अञ्चल अस्पताल नेपालगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: २३ आश्विन २०७३ ०३:५८ आइतबार

गोठभित्र बेवारिसे शव फेला