समाज

भक्तपुरको हिम इलेक्ट्रोनिक्समा आगलागी

भक्तपुर–अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमी राधेराधे नजिकैकै एउटा कारखानामा आइतबार विहानै आगलागी भएको छ । राधेराधे नजिककैको मध्यपुर थिमी नगरपालिका– १३ स्थित हिम इलेक्ट्रोनिक्समा विहान सवा दुई बजेतिर आगलागी भएको हो।

करिव एक घण्टाको प्रयासपछि बिहानै आगलागी नियन्त्रणमा आएको जुद्ध वारुण यन्त्र कार्यालय दूधपाटी भक्तपुरले जनाएको छ । काठमाडौंको एउटा र भक्तपुरको एउटा दमकलबाट आगलागी नियन्त्रणमा आएको कार्यालयले जनाएको छ । कारखाना अगाडि यतिमै थुप्रिएका प्लाष्किका फोहोर बलेर आगो सर्दै कारखानाभित्र पुगेको कार्यालयले जनाएको छ । आगगालीबाट कुनै मानवीय क्षति भने हुन पाएको छैन ।

 

प्रकाशित: २३ आश्विन २०७३ ०३:५१ आइतबार

भक्तपुरको हिम इलेक्ट्रोनिक्समा आगलागी