समाज

सुनचाँदी पसलमा आगलागी

तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारमा सञ्चालित डुम्रे सुनचाँदी पसलमा आगलागी भएको छ। आइतबार राति ९ बजे पसलभित्र आगलागी भएको हो।

स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ। आगलागीका कारण नखुलेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ८ फाल्गुन २०७९ ०२:३३ सोमबार

डुम्रे सुनचाँदी पसलमा आगलागी