समाज

दोलखा केन्द्रविन्दू भएर ४.२ रिक्टर स्केलको परकम्प

काठमाडौं—दोलखा केन्द्र भएर शुक्रबार बिहान परकम्पको धक्का अनुभव गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार दोलाखा केन्द्र भएर ४.२ रिक्टर स्केलको परक्प गएको हो।

बिहान १०:३७ मिनेटमा गएको सो परकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रे लगायत आसपासका जिल्लामा समेत अनुभव गरिएको थियो। भूकम्पको यो धक्कालाई गत वर्ष गएको विनाशकारी भूकम्पकै परकम्प मानिएको छ। २०७२ वैशाख १२ गते गोरखाको लाप्राक केन्द्रविन्दू भएर विनाशकारी भूकम्प गएको थियो।

प्रकाशित: २१ आश्विन २०७३ ०६:१३ शुक्रबार

दोलखा केन्द्रविन्दू भएर ४.२ रिक्टर स्केलको परकम्प