समाज

लागूऔषधसहित भारतीय पक्राउ

सुर्खेत- सुर्खेत प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर-१८ तातापानीमा डेरामा बस्दै आएका भारत रुपैडिहाका २८ वर्षीय रफिक अन्सारी र २१ वर्षीय सफिक अन्सारीलाई पक्राउ गरिएको डिएसपी बहादुरजंग मल्लले जानकारी दिए। उनीहरुको साथबाट एक ग्राम ९८० मिलिग्राम अबैद्य लागूऔषध ब्राउनसुगर फेला परेको उनले जानकारी दिए।

‘विशेष सुराकीको आधारमा प्रहरी नायव निरीक्षक ध्रुवराज बोहराको कमाण्डमा खटिएको टोलीले उनीहरुको डेरा खानतलासी गर्दा उक्त परिणामको लागूऔषध ब्राउनसुगर फेला परेको हो’ डिएसपी मल्लले भने, ‘दुबै जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेका छौं।’

प्रकाशित: २१ आश्विन २०७३ ०६:१७ शुक्रबार

लागूऔषधसहित भारतीय पक्राउ