समाज

प्रहरीलाई निशुल्क जग्गा दिने सम्मानित

खोटाङ–जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरीचौकीलाई निशुल्क जग्गा प्रदान गर्ने पाँच जग्गादातालाई सम्मान गरेको छ।

६१ औं प्रहरी दिवसको अवसरमा बिहीबार कार्यालयले प्रहरीचौकी भण्डारेघाट बतासे र प्रहरीचौकी दोर्पाचिउरीडाँडालाई निशुल्क जग्गा प्रदान गर्ने जग्गादातालाई सम्मान गरेको हो।

प्रहरीचौकी भण्डारेघाटलाई निशुल्क जग्गा दिने स्थानीय श्यामलाल श्रेष्ठ, दानबहादुर भुजेल र रत्नबहादुर भुजेल तथा प्रहरीचौकी दोर्पाचिउरीडाँडालाई निशुल्क जग्गा प्रदान गर्ने ईन्द्रमाया कठेत र दुर्गानारायण श्रेष्ठलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरीक्षक नबिनकिशोर प्रधानले बताए। जग्गादातालाई प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले सम्मानपत्र प्रदान गरे।

प्रकाशित: २० आश्विन २०७३ ०९:५२ बिहीबार

प्रहरीलाई निशुल्क जग्गा दिने सम्मानित